play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भारतको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको अग्रस्थान

0

माघ,२८
भारतको दिल्लीमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना आज सुरु भएको छ । दिल्लीका ७० विधानसभा सिटका लागि शनिबार मतदान भएको थियो ।

आरोप–प्रत्यारोपले भरिएको चुनावी अभियानपछि भएको मतदानमा दिल्लीका नागरिकले कसलाई भावी सरकार सञ्चालनको जिम्मा दिएका छन् भन्ने मंगलबार थाहा हुँदैछ ।सुरुवाति मतपरिणाममा आम आदमी पार्टीले अग्रता लिएको छ । सुरुवाति नतिजामा आपले ५० भन्दा बढी सिटमा अग्रता लिएको छ । यस्तै भाजपाले १० भन्दा बढी सिटमा अग्रता लिएको छ । मतदानपछिका अधिकांश सर्वेक्षणहरुले सत्तारुढ आम आदमी पार्टी नै फेरि दिल्लीको सत्तामा आउने देखाएका छन् । गएको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो ।अहिले दिल्लीमा आप, केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) र केन्द्रमा विपक्षमा रहेको कांग्रेसबिच मुख्य प्रतिस्पर्धा छ ।

Share.

Leave A Reply