play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चीनमा २० प्रतिशतले घट्यो कोराना भाइरसको नयाँ संक्रमण,तर बढ्यो मृत्यु

0

माघ,२८
विशेष गरी चीनको हुबेइ प्रान्तको वुहान शहरमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्याले नयाँ उचाई लिएको छ ।

महामारीका कारण मृत्यु हुनेको संख्या अब एक हजार नाघेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको नोवेल कोरोनाको संक्रमणका कारण हालसम्म चीनमा एक हजार ११ जनाको ज्यान गएको छ । चीन बाहिर हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या सोमबार एकै दिन १०३ ले बढेको हो । यसअघि आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो ।तर नयाँ संक्रमणको दर भने आइतबारको तुलनामा सोमबार २० प्रतिशतले कम भएको छ । हुबेइको स्वास्थ्य संगठनका अनुसार सोमबार थप दुई हजार ९७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । आइतबार यो संख्या २६ सय १८ थियो ।नोवेल कोरोना भाइरसका कारण समस्याग्रस्त बनेको चीनमा विश्व स्वास्थ्य संगठनले अध्ययनका लागि अन्तर्रा्ष्ट्रिय विज्ञसहितको टोली पठाएको छ । सो टोली हाल बेइजिङ्ग पुगेको जनाइएको छ ।चीनमा हालसम्म ४२ हजार २०० जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Share.

Leave A Reply