play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चीनमा कोरोना भाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु

0

२७ माघ,
चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ ।एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो ।

योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ ।चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ ।जसमा ३ हजार २ सय ८१ जना उपचारपछि घर फर्केका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले एक विशेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ ।यता कोरोना भाइरसले विश्वका अन्य २७ देशका नागरिकहरु पनि संक्रमित भइसकेका छन् ।यसैबीच हङकङले क्रुजको क्वारेन्टाइनमा राखेका ७ सय जनालाई घर जान अनुमति दिएको छ ।

Share.

Leave A Reply