play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमनसंग ८ विकेटले पराजित

0

माघ २६, विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।नेपालको यो एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले यस अघि गत वर्ष यूएईविरुद्ध २ सय ४३ रनको लक्ष्य दिएको थियो ।यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय भने नेपालको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्धको तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दा सर्वाधिक उच्च लक्ष्य बनाएको थियो ।


नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो ।यस्तै पारस खड्काले ३८ रन जोड्दा विनोद भण्डारीले ३५ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८/२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।

Share.

Leave A Reply