चीनमा कोरोना भाइरस महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

0

माघ २६,
चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।

चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो ।हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म नोवेल कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो ।चीनका अरु क्षेत्र तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८११ पुगेको छ ।सन् २००३ मा फैलिएको सार्स (सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) महामारीका कारण ७७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ हजार १९८ भन्दा बढी रहेको छ । संक्रमित हुने मध्ये अधिकांश चीनका छन् ।जनवरीको अन्तिम हप्ता विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

Share.

Leave A Reply