play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

चीनबाट हङकङमा जाने यात्रुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा

0

माघ,२५।
हङकङले चीनबाट आउने सबै यात्रुलाई दुई हप्तासम्म अलग्गै क्वारेन्टाइनमा राख्न शुरु गरेको छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो कदम चालिएको हो ।

चीनबाट आउने पर्यटकलाई होटलमा वा सरकारले तोकेका निश्चित सेन्टरहरुमा बस्न सुचित गरिएको छ भने हङकङका जनतालाई घरमै रहन भनिएको छ ।कसैले पनि नियम उल्लंघन गरे जरिवाना र जेल सजायँको समेत व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।नयां नियम लागु भएसंगै हङकङ फर्कन चाहने दशौं हजारको चीनसंग सीमा जोडिएको शेन्जेन शहरमा लाम लागेको बताइएको छ ।चीनबाट फैलिएको कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु भएको छ भने २६ जना संक्रमित भेटिएका छन् ।गत हप्ता मात्रै चीनसंगको सिमा बन्द गर्न माग गर्दै चिकित्सा क्षेत्रमा काम गर्नेहरुले प्रदर्शन गरेका थिए ।यता,चिनियाँ राष्ट्रपति सी चिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंग टेलिफोन कुराकानी गर्दै महामारी नियन्त्रण गर्नेमा पूर्ण विश्वस्त र सक्षम रहेको बताएका छन् । चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ ।३१ हजार २०० संक्रमित भेटिएका छन् । चीन बाहिर कम्तिमा २५ मुलुकमा २ सय ७० जना संक्रमित पाइएका छन् ।

Share.

Leave A Reply