play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेपालले दियाे चीनलाई एक लाख प्रोटेक्टिभ मास्क

0

नेपाल सरकारले चीन लगाएत विश्वभर फैलिएको नोवेल कोरोनाभाइरसको संक्रमण अन्त्यका लागि चीनसंग हात्तेमालो गर्न तयार रहेको जनाएको छ ।

शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाइ एक लाख प्रोटेक्टिभ मास्क सहयोग स्वरुप हस्तान्तरण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकार चीन सरकारको साथमा रहेको बताए ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत यान्छीलाई मास्क प्रदान गरेका हुन् । चीनसँगको मित्रताका स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको मन्त्री ज्ञवालीले बताए । 

यसअघि बसेको मन्त्रीपरिषद् बैठकले चीनलाई मास्क सहयोग गर्ने निर्णय गरेको थियो । चीनमा अहिले मास्कको माग अत्याधिक बढेको छ । सोही माग पुरा गर्न चीनलाई मास्क सहयोग गरेको सरकारले जनाएको छ ।

Share.

Leave A Reply