नवजात शिशुमा नोवेल कोरोना भाइरसको संक्रमण, हालसम्म ५६३ जनाको मृत्यु

0

माघ २३ , चीनमा नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ ।

जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ । वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन् । वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ । २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ ।

Share.

Leave A Reply