play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

आज सुनको भाउ बढ्यो

0

माघ १९, आज सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५ सय पुगेको छ ।गत पुस २३ गते प्रतितोला ७६ हजार ५ सय पुगेर किर्तिमान कायम गरेको सुनको मूल्य आज सोही मूल्यमा पुगेको हो । शुक्रबार ७६ हजारमा कारोबार भएको सुन आइतबार ५ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बढेको छ।

शुत्रबार ७५ हजार ७ सयमा कायम भएको तेजाबी सुन आइतबार प्रतितोला ५ सयले बढेर ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य आजका लागि ८ सय ९५ रुपैयाँमा कायम छ । शुक्रबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेको हो ।

Share.

Leave A Reply