play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

मोतीहारीदेखि लोथरसम्म एलपी ग्यास पाइपलाइन विस्तार आयोजनाबाट सरकार पछि हट्यो

0

माघ १५, भारतको मोतीहारीदेखि चितवनको लोथरसम्म खाना पकाउने एलपी ग्यास पाइपलाइन विस्तार आयोजनाबाट सरकार पछि हटेको छ । यो आयोजनाले नेपालाई फाइदा नदिने भन्दै प्रधानमन्त्रीले असहमति जनाएको निगम उच्च स्रोतले बताएको छ ।केही वर्षभित्रै देशमा विद्युतको उत्पादन प्रशस्त हुने तथा ग्यासको विकल्पमा विद्युत् खपत बढाउन राज्यले नीति लिने भन्दै प्रधानमन्त्रीले ग्यास पाइपलाइन आयोजना अस्वीकार गरेको निगम स्रोतले जानकारी दिइएको छ ।डिजेल पेट्रोल र यसको भण्डारणमा दिने बताउदै ग्यासको विकल्प नेपाल मै तयार भैरहेको प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक अधिकारीले जानकारी दिए ।


पेट्रोलियम पाइपलाइन विस्तारको दोस्रो योजना अन्र्तगत भारतको मोतीहारीदेखि अम्लेखगन्जसम्म सम्पन्न पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म ल्याउने तथा नेपाल भारत सीमाबाट ग्यास पाईपलाईन चितवनसम्मै बिस्तार कार्य अघि बढेको थियो ।ग्यासको मात्रै करिब १५ अर्ब लागतको उक्त परियोजनामा कसले कति खर्च गर्ने भन्ने मोडालिटी नटुंगिए पनि गत कात्तिकबाट नेपाल आयल निगम र भारतीय आयल निगमको संयुक्त टोलीले विस्तृत सर्भे सुरु गरि सकेका थिए ।ग्यासको बढ्दो खपत र उपभोक्ताको रोजाइकै कारण ग्यासको खपत अझै कम्तीमा १० वर्ष निरन्तर रहने निगमको दाबी थियो । प्रारम्भिक चरणको लागत अध्ययनमा ग्यास पाइपलाइनतर्फ ११ अर्ब १९ करोड र भण्डारणमा ३ अर्ब ८१ करोड खर्च हुने छ ।अब अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर दुरीको पेट्रोलियम पाइपलाइन र भण्डारणको आयोजना कायमै रहने छ । मोतिहारी देखि चितवनको लोथरसम्म ९८ किलोमिटर लामो एलपीजी ग्यास पाइपलाइन र भण्डारण गृह बनाउने योजना भने लगभग विफल भएको छ ।

Share.

Leave A Reply