play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

0

माघ १५, टेष्ट राष्ट्र अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।चितवनले आज प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा साहजाद टिममा अनुबन्धित भएको जनाएको छ ।चितवनले यस संस्करणको लागि साहजादलाई भित्राउन पाउँदा निकै उत्साहित भएको समेत जनाएको छ ।

साहजादसँग बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी-१० खेलेको अनुभब समेत रहेको छ ।गत संस्करणको ईपीएलमा चितवनबाट आयरल्याण्डका पाउल स्टर्लिङ र इंग्ल्याण्डक जोन सिम्सन रहेका थिए ।चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।यस अघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

Share.

Leave A Reply