play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

आफूहरुमाथि प्रचार आक्रमण भइरहेको छ: अध्यक्ष ओली

0

माघ १५, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूहरुविरुद्ध तीव्र रुपमा प्रचार आक्रमण भइरहेको बताएका छन् ।पार्टी एकीकरणको २० महिनापछि आज देखि सुरु भएको दोस्रो केन्द्रीय समिति बैठकमा बोल्दै उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइने गरेको भन्दै वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सरकारका उपलब्धिबाट जवाफ दिनुपर्ने बताए ।
उनले आन्तरिक वादविवादमा नअल्झि सरकारले हासिल गरेका उपलब्धीलाई जनतामाफ पुर्‍याउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रियसभा गृहमा बैठक बसिरहेको छ ।बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी भएका छन् ।गत वर्ष जेठ ३ गते पार्टी एकीकरणको एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो ।आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने बताइएको छ ।यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

Share.

Leave A Reply