play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’को पोस्टर ५० हजार सवारीमा टाँसिने

0

माघ १५, फिल्मको व्यवसाय दिन प्रतिदिन बिगँ्रदो भएपछि निर्माता निर्देशक प्रचारका लागि फरक फरक तरिका अपनाउन थालेका छन् ।यस्तैमा हास्यकलाकार सीताराम कट्टेले ‘धुर्मुस’ले आफूले निर्माण गरेको ‘सेन्टी भाइरस’को प्रचार ५० हजार सवारीमा फिल्मको पोस्टर टाँसेर गर्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात समेत गरे ।सो अवसरमा कट्टेल र अभिनेता बुद्धि तामाङलगायतले ट्याक्सीमा दर्जनभन्दा बढी पोस्टर टाँसेका थिए ।


कार्यक्रममा कलाकार सीतारामले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने घोषणा गरे । यसअगाडि उनले फिल्मको आम्दानीको २० प्रतिशत रङ्गशाला निर्माणमा खर्च गर्ने बताएका थिए ।‘दर्शकलाई एक पटक फिल्म हेरिदिन आग्रह गर्दछु’ सीतारामले भने ‘फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।’ कार्यक्रममा कट्टेलले आफ्नो फिल्मको पोस्टर नेपाल यातायात व्यवसायी महासङ्घले देशभरका ५० हजारभन्दा बढी सवारीमा टाँस्ने जानकारी दिए ।
आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

Share.

Leave A Reply