play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

क्यान्सर ग्रस्त शाहरुख खानकी बहिनीको निधन

0

माघ १५, बलिउड नायक शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ । नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन् ।जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए ।

स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् । यसबाहेक नूर जहांको कुनै जानकारी सार्वजनिक भएको छैन ।

Share.

Leave A Reply