play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भोलिदेखि हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी पुरा:भब्य तरिकाले महोत्सबको उद्घाटन गरिदै

0

माघ १४, भोलिदेखि गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी पुरा भएको छ। गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण तथा बाल उद्यान निर्माणको काम सकिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सव स्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा सांस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी गरी ३५० भन्दा बढी स्टल रहने भट्टचनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए ।

महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले भोलि महोत्सवको उद्घाटनका दिन तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी हुने जानकारी दिए । शोभायात्रामा सहभागीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने समेत कँडेलको भनाइ छ । भव्यताका साथ महोत्सव सम्पन्न गराउनका लागि स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीको पूर्ण सहयोग र समर्थन रहेको कँडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उनको भनाइ छ ।
यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने कँडेलले बताए ।महोत्सव स्थलमा सञ्चार माध्यमका लागि सूचना संप्रेशण गर्नका लागि विशेष व्यवस्था हुने छ। महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए ।

Share.

Leave A Reply