play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मोटरसाइकलको सुरक्षाका लागि शुल्क लिइएको हो: पार्किङ सञ्चालक

0

माघ १४, भरतपुर ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले सेवाग्राहीबाट पार्किङ शुल्क लिने गरेको सन्दर्भमा पार्किङ सञ्चालकले आफ्नो भनाई सार्वजनिक गरेका छन् । पार्किङ सञ्चालक नवीन कुमार श्रेष्ठले पार्किङ बापत शुल्क लिनुको पनि कारण रहेको प्रष्ट पारे । अस्पतालमा पार्किङ गरिने सवारी साधनको सुरक्षा स्वरूप शुल्क लिने गरेको उनले बताए ।पार्किङ गरेको मोटरसाइकल अथवा हेलमेट हराउने वा चोरी हुने सम्भावना हुने बताउदै उनले सवारी साधनको निगरानी गरेबापत शुल्क लिइएको बताए ।

अस्पताल क्षेत्रमा पार्क गरी राखिएको सवारी साधनमा तोडफोड भएमा अस्पतालले सोही पैसाबाट सवारी धनीलाई क्षतिपूर्ति दिने गरेको उनले सुनाए ।अस्पतालले केही समयअघि फेरि पार्किङको नाममा सेवाग्राहीबाट शुल्क लिन सुरु गरेको थियो । भरतपुर महानगरपालिकाले भने पार्किङ शुल्क लिनु नियम विपरीत भएको भन्दै कुनैपनि सरकारी वा निजी संघसंस्थाले सो शीर्षकमा शुल्क लिन नहुने बताउँदै आएको छ ।

Share.

Leave A Reply