play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

क्रिस गेललाई ईपीएल खेल्न ललितपुरको प्रस्ताब

0

माघ १४, चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेललाई ललितपुर प्याट्रियट्सले प्रस्ताब गरेको छ ।ईपीएलको नयाँ संस्करणका लागि ठुला नाम आउँदै गर्दा ललितपुरले क्रिस गेललाई ईपीएल खेल्न प्रस्ताब गरेको हो ।क्रिस गेललाई भित्राउने प्रयास भैरहेको बताउदै क्लबका एक पदाधिकारीले उसको एजेन्टसंग कुरा भैरहेको बताए ।तर क्रिस गेलले ईपीएलको दुई खेल मात्र खेल्न सक्ने एजेण्टले बताएको छ ।


क्रिस गेल विश्वक एक आक्रामक ब्याट्सम्यान हुन् । उनले विश्वका सबै ठुला फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । क्रिस गेलले वेष्ट इण्डिजबाट सबै खाले फर्म्याटको अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।यस्तै, ललितपुरले सोमबार मात्र श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगालाई आफ्नो टिममा पक्का गरेको थियो ।चौथो संस्करणको ईपीएलका लागि यसअघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

Share.

Leave A Reply