play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

देवघाटको कोटामा मुख्यमन्त्री नमूना कृषि गाउँ स्थापना

0

माघ १३
तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई सहयोग पु¥याएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।चौतारी कृषि सहकारी संस्थामार्फत सञ्चालन गरिने उक्त कार्यक्रममा कोटाका ६५ घरधुरी कृषक आबद्ध छन् । प्राङ्गारिक ताजा तरकारी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । यसैगरी रु पाँच लाख समुदायको सहभागिता रहेको देवघाट गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिनुभयो ।

Share.

Leave A Reply