play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा

0

जेठ २९ । दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति इंग्ल्यान्डको लन्डनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९२ रनको सामान्य लक्ष्य भारतले ३८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।भारतका लागि शिखर धवनले ७८ रन जोड्दा कप्तान विराट कोहलीले अविजित ७६ रनको योगदान दिए ।यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५औं ओभरमा अलआउट हुनुपूर्व १९१ रनमात्रै बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले ५६ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् ।कुनै समय १४० रन जोड्दा २ विकेटमात्रै गुमाएको दक्षिण अफ्रिकाले पछिल्लो ५० रन जोड्दा ८ विकेट गुमाएको थियो ।यो जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले अब सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ ।प्रतियोगिताअन्तर्गत् सोमबार हुने खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् । विजेता टोलीले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।

Share.

Leave A Reply