कांग्रेसभित्रको विवाद मिल्यो, ताेकिएकै मितिमा महाधिवेशन

0

शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडि बढ्ने सहमति गरेको हो ।  

सहमतिअनुसार १४ औंँ महाधिवेशन पूर्व निर्धारित मिति २०७७ फागुन ७ देखि १० सम्म नै हुनेछ । तर त्यसको कार्यतालिका र कार्यविधि भने संशोधन हुनेछ । शीर्ष नेताहरुबीच महाधिवेशन तोकिएकै समयमा गर्ने सहमति भए पनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको हाे ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । 

Share.

Leave A Reply