play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भोलि विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाले सोनाम ल्होछार मनाउने

0

माघ १०, महिलाहरुको नेतृत्वमा संचालीत विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाले भोलि सोनाम ल्होछार मनाउने भएको छ । भरतपुतपुर महानगरपालिका वडा नम्बर ११ वसनी कोे लामाटोलमा रहेको गुम्बाले युनिक युथ क्लव र ल्वोज्याङ्ग गुठी आमा सूहको सह आयोजनामा भोलि संस्कृतीक कार्यक्रम सहित सोनाम ल्होछार मनाउन लागेको हो । चन्द्र पात्रो अनुसार माघ शुल्क प्रतिपदाको दिन तमाङ्ग समुदायले नयाँ वर्ष बनाउने गर्दछन् ।


तमाङ्ग जातिको महान सांस्कृतीक पर्व मञ्जुश्री सम्बत् २८५६ औं मा यस पटक जीवा ल्हो मा मुसा वर्ग लाई स्वागत गर्दै फग ल्हो बदेल वर्गलाई विदाई गरीदै छ । उक्त दिनमा शुभकामना आदनप्रदान संगै गुम्बाको नेतृत्वमा निमार्ण गरीएको मञ्चको समेत उदघाटन हुदैछ । विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाकी अध्यक्ष एवम् कार्यक्रम संयोजक शिवकुमारी लामाका अनुसार उक्त दिन बृह्त सांस्कृतीक कार्यक्रम समेत हुदैछ । राष्ट्रिय कलाकारहरु टिका सानु, मानसिंह खड्का सहित स्थानीय कलाकारहरुको संस्कृतीक कार्यक्रममा प्रस्तुती राख्ने लामाले बताउनु भयो । बसेनीमा २०६४ सालमा स्थापना भएको विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बा डेढ विघा जमिनमा फैलिएको छ । भने गुम्बामा क्षेत्र वरीवरी २५० वढी तमाङ्ग घर धुरी रहेका छ ।

Share.

Leave A Reply