play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

अझै केहि दिन घाम लागे पनि चिसाे बढ्ने मौसबिदको अनुमान

0

माघ १०,चितवन सहित देशका विभिन्न स्थानमा पछिल्ला केही दिन यता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ ।गएकाे एक हप्तादेखि दिनहुँ जसो घाम लागे पनि बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनि राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन रहने बताउनु भयो ।

तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ ।महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

Share.

Leave A Reply