play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि

0

माघ ०७, नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु ३०० ले बढेर तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ८९८ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

Share.

Leave A Reply