play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

रोनाल्डो बने जुम्ल्याहा सन्तानका पिता

0

२८ – क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बनेको खबर आएको छ । रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको पोर्चुगिज टेलिभिजन एसआइसीलाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ । सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ रहेको दाबी गरिएको छ ।
तर यो खबरको रोनाल्डोले आधिकारिक रुपमा पुष्टि गरेका छैनन् । रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका भए । रोनाल्डोका जुम्ल्याहा सन्तान बिहीबार जन्मिएको एसआइसीले जनाएको छ । बेलायतको एक पत्रिकाले गएको मार्चमा रोनाल्डो फेरि पिता बन्न लागेको खबर सार्वजनिक गरेको थियो ।

Share.

Leave A Reply