play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

विमान दुर्घटनाबारे इरानसँग जवाफ माग्ने क्यानडिन प्रधानमन्त्रीको प्रतिबद्धता

0

पुस,२८।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले इरानमा भएको युक्रेनी विमान दुर्घटनामा ज्यान गुमाएकाहरुलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । इरानले गरेको आक्रमणमा युक्रेनी विमान खसेको थियो ।

सो घटनामा विमानमा रहेका सबै १७६ जनाको ज्यान गएको थियो । सुरुमा आफ्ना कारणले विमान खसेको अस्वीकार गरेको इरानले शनिबार आफ्नो आफ्नो आक्रमणका कारण विमान खसेको स्वीकार गरेको थियो । गम्भीर मानवीय त्रुटीका कारण दुर्घटना भएको भन्दै इरानी सेनाले माफी मागेको थियो । क्यानडियन प्रधानमन्त्री ट्रूडो इरानसँग घटनाको जवाफ माग्ने प्रतिबद्धता जनाएका छन् । विमान दुर्घटनामा मृत्यु हुनेमा ८२ जना इरानी, ६३ जना क्यानडियन, चालकदलका सदस्यसहित ११ जना युक्रेनी, १० जना स्वीडिस, चारजना अफगान, तीन–तीन जना बेलायती र जर्मन हुन् ।

Share.

Leave A Reply