play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै,आकाशको रङ्ग पूर्णरुपमा रातो देखिदै

0

पुस २७, दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि त्यहाको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन । आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति ठूलो डेनमार्कको भाग छ, त्योभन्दा ठूलो अस्ट्रेलियाको भाग आगोको चपेटामा परेको छ ।कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ ।

यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । सन् २०१७ देखि न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा लगातार वर्षा कम हुँदै गइरहेको छ । वर्षा नहुँदा कृषि उत्पादन मात्रै घटेको छैन, आगो फैलन पनि मद्दत पुगेको छ ।
न्यु साउथ वेल्समा झण्डै एक करोड एकडको इलाका जलेर नष्ट भएको छ । गर्मीको मौसममा अस्ट्रेलिया समान्यरुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढेको छ । अस्ट्रेलियाको धेरैजसो राज्य आगोबाट प्रभावित भएको छ तर न्यु साउथ वेल्स सबैभन्दा धेरै आगोको चपेटामा परेको छ । अस्ट्रेलियाको ठूलो शहर मेलबर्न र सिड्नी पनि आगोबाट प्रभावित भएको छ । डिसेम्बरको सुरुवातमा सिड्नीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो ।

Share.

Leave A Reply