play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

0

पुस २५, हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।

Share.

Leave A Reply