play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

उद्योग बाणिज्य संघ चितवनको लागि श्रेष्ठ र शाक्य बिच प्रतिस्पर्धा हुने निश्चित

0
राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्य

२०७६ पौष २४  ।

उद्योग बाणिज्य संघ चितवनको ५३औं साधारण सभा तथा अधिवेशनमा दुई प्यानल बाट उम्मेदवारी दर्ता हुने भएको छ । यो संघै उद्योग वाणिज्य चितवनको आसन्न निर्वाचनको माहोल तातेको देखिन्छ । केही दिनअघि चुननारायण श्रेष्ठ र राजु श्रेष्ठ विच गोलाप्रथाबाट आँपसी समझदारीमा राजु श्रेष्ठले उद्योगवाणिज्य संघ चितवनको अध्यक्षमा उम्मेद्धवारी बनाउने र चुननारायण श्रेष्ठले बरिष्ठ उपाध्यक्षमा उम्मेद्धवार बन्ने भन्ने सहमती भएको थियो । गोला प्रथाको विरोध गर्दै आज ज्ञानेन्द्रमान शाक्यको नेतृत्वमा आर्को प्यानल घोषणा गरिएको छ ।

विष्णुप्रसाद कँडेल र ज्ञानेन्द्रमान शाक्य

सोही प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद कँडेलले उम्मेद्वारी घोषणा भएको छ । राजु श्रेष्ठको प्यानलाई संस्थापन पक्षहरुको सहयोग रहने समेत बुझीएको छ । तर २०६८–०७० को अध्यक्ष पदमा समेत ज्ञानेन्द्रमान शाक्य उम्मेद्धवार बन्नेका थिए । तर उनी त्यो समयमा पराजित बनेका थिए । चुननारायण श्रेष्ठ र राजु श्रेष्ठ विच गोलाप्रथा बाट उम्मेद्धवार घोषणा गरेको भन्दै नेपाली कांग्रेसले समेत विरोध जाएको थियो । उद्योग बाणिज्य संघ चितवनको साधारण सभा तथा अधिवेशन पौष २८ र २९ गते हुदै छ । जसको लागि भोलि विहान ११ बजे देखि २ बजे सम्म मनोनयनको दर्ता गर्न सकिनेछ । यो समयमा संघमा अवद्ध उद्योग व्यवसायी हरु ले आफ्नो उम्मेदवारी दर्ता गराउन सक्ने छन् । अधिवेशनले २ वर्षको लागि लागि नयाँ नेतृत्व चुन्नेछ ।

Share.

Leave A Reply