play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चुनावको बेला विवाह नहुँदा सुनको कारोबार आधाले कम

0

जेठ २७ – पहिलो चरणको स्थानीय चुनावको बेला विवाह समारोह कम भएकाले सुनको कारोबार पनि घटेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार वैशाखको अन्तिममा चुनावी चहलपहल बढ्ने बित्तिकै विवाह कम भएपछि सुनको कारोबार आधाले घटेको हो ।वैशाख १९ गते उम्मेदवार मनोनयन अघिसम्म वैवाहिक कार्यक्रम भएपनि उम्मेदवार मनोनयनपछि छिटफुट बाहेक विवाह समारोह भएनन् । वैशाख महिनामा २, ५, ७, १७, २३, २४, २५, २६, २८ र २९ गते गरी १० दिन बिवाहको लगन रहको थियो । १९ गतेपछि चुनावी चहलपहल ह्वातै बढेका कारण वैवाहिक समारोह कम मात्र भयो । जसका कारण सुनचाँदीको कारोवारमा आधाले कम आएको व्यवसायीले गुनासो गरेका छन् ।
पहिलो चरणको स्थानिय चुनावले प्रभाव पारेको सुनचाँदीको कारोवार असार १४ मा हुने दोस्रो चरणको चुनावमा पनि प्रभाव पार्ने देखिएको छ । असारमा सुन कारोबार राम्रो हुने व्यवसायीले आश गरेका थिए । तर सरकारले दोस्रो चरणको चुनाव असार १४ लाई तोकेपछि सुन व्यवसायी निराश भएका छन् । वैशाख र असार महिना विवाहको लगन हुने र यो समयमा सुनको कारोवार बढने भएत पनि स्थानिय चुनावले सुनचाँदीको कारोवारमा निकै असर पारेको सुन व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।अघिल्ला वर्षहरुमा वैशाख महिनामा दैनिक ५० किलो सुनको व्यापार हुने गरेपनि चुनावले गर्दा सुनको व्यापारमा आधा कम भएको उहाँले बताउनुभयो । असार महिनामा यसअघि सरदर ४० किलो सुनको व्यापार हुँदै आएको र यसपाली चुनावले गर्दा दैनिक ३०–३५ किलो सुनको व्यापार हुने आशा गरेको शाक्यले बताउनुभयो ।

Share.

Leave A Reply