play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

गायिका अञ्जु पन्तले माझी समुदायका लागि ३५ घर बनाइदिने

0

पुष १९, गायिका अञ्जु पन्तले पर्सा जिल्लाको दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् । अञ्जु पन्त फाउन्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने भएकी हुन् ।माछा मारेर जिविका चलाउदै आएको उक्त समुदायका लागि पन्तले गीत गाएर कमाएको ५ लाख रुपैयाँ जम्मा गरेको र बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउने बबताएकी छन् ।
पर्टेवाको दलित बस्ती पानीले डुबाउँदा आफू नरमाइलो लागेको भन्दै स्थानीयको दुःख साटासाट गर्न आफूले सहयोग गर्ने आँट गरेको बताएकी छन् । उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छिन् ।

Share.

Leave A Reply