play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

0

जेठ २७,
न्युजिल्याण्ड आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । गएराति भएको खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै न्युजिल्याण्ड पहिलो चरणबाटै बाहिरीएको हो । न्युजिल्याण्डले दिएको २ सय ६६ रनको लक्ष्य बंगलादेशले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा र्गयो । ३३ रन बनाउन ४ विकेट गुमाएको बंगलादेशलाई सकिब अल हसन र मेहमुदुल्लाहको शतकीय पारी खेल्दै जिताए । सकिबले १ सय १४ रन बनाए भने मेहमदुल्लाह १ सय २ रनमा नटआउट रहे । उनीहरुले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरे । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका रोश टेलरले ६३ र केन विलियम्सनले ५७ रनको योगदान गरे । नतिजासँगै बंगलादेशको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ । यो समूहका अष्ट्रेलिया र इंग्ल्याण्ड शनिबार खेल्दैछन् । आजको खेलमा इग्ल्याण्ड विजयी भए बंगलादेश अघिल्लो चरणमा पुग्नेछ ।

Share.

Leave A Reply