play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलमा आज ताप्लेजुङ र रौतहट खेल्दै

0

जेठ २६, महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलका लागि आज ताप्लेजुङ र रौतहट खेल्दै छन्। पाल्पाको तानसेनमा आज दिउँसो हुने फाइलन खेलका लागि आवश्यक तयारी पनि पूरा भएको छ । टुँडिखेल मैदानमा दिउँसो ३ बजे ताप्लेजुङ र रौतहट उपाधी भिडन्तमा लाग्ने छन् ।यसैबीच आफूले नै उपाधी जित्ने विश्वास दुवै टोलीले देखाएका छन् । यसअघि ताप्लेजुङ र रौतहटबिच भएको तीन खेलमा तीनै पटक रौतहटले बाजी मारेको थियो । पाल्पामा बुधबार भएको सेमिफानल खेलमा काठमाडौंलाई ४–० गोल अन्तरले हराएर ताप्लेजुङ फाइनलमा प्रवेश गरेको हो । यस्तै स्याङ्जाको वालिङमा भएको सेमिफाइनलमा मोरङलाई ४–० गोल अन्तरले हराएर रौतहट फाइनलमा प्रवेश पाएको थियो । यसअघि ताप्लेजुङले समूह चरणमा सप्तरीलाई १०, सिन्धुलीलाई ८ र सिन्धुपाल्चोकलाई ३ गोल हानेर जितेको थियो । ताप्लेजुङले क्वाटरफाइनलमा कैलालीलाई १ र सेमिफाइनलमा काठमाडौंलाई ४ गोलले हराएको हो ।
रौतहटले समूह चरणमा पाँचथरलाई १५, धनकुटालाई १० र स्याङ्गजालाई ६ गोल अन्तरले जितेको थियो भने क्वाटरफाइनलमा सर्लाहीलाई २ र सेमिफाइनलमा मोरङ्गलाई ४ गोलले हराएको थियो ।यसअघि रौतहटसँगको सबै खेल हारेपनि अहिले ताप्लेजुङले आफ्नो टिममा तीन जना राष्ट्रिय खेलाडी रहेको र पाल्पाको खेल मैदानमा आफ्ना खेलाडीको राम्रो अनुभव भएकाले जित्ने दावी गरेको छ । ताप्लेजुङ्गसंग अहिले रहेका लिला लामगाडे, अनिता बस्नेत र गिता मगर राष्ट्रिय खेलाडी रहेका छन् । यस अघिको खेल स्याङ्जामा खेलेको रौतहटले पनि ३ पटकको भिडन्तमा ताप्लेजुङलाई हराएको र आफूसँग अञ्जना राना मगर, अञ्जली योन्जन जस्ता राष्ट्रिय खेलाडी रहेकाले जित्ने बताएको छ । २८ जिल्लाको सहभागिता रहेकोे राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता गएको मंगलबारदेखि सुरु भएको हो । पाल्पा र स्याङ्जामा १४/१४ टिम समूह विभाजन गरी खेल भएका थिए । प्रतियोगितामा विजेता तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । विभिन्न पाँच विधा अन्तर्गत उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड र वेस्ट कोचलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने खेल आयोजकले जनाएका छन् ।

Share.

Leave A Reply