play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

रोटरीको निशुल्क स्वास्थ्य परिक्षण

0


चितवन, मंसिर, २७ ।

चितवन, मंसिर, २७ ।
रोटरी क्लब अफ भरतपुरले शिवघाटमा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । शिविरमा आँखा, दात, हाडजोर्नी तथा जनरल मेडिसिन लगाएतको सेवा प्रदान गरिएको रोटरी क्लब अफ भरतपुरका अध्यक्ष ई. सुरेश बहादुर सेन ठकुरीले जानकारी दिनुभयो । शिबिरमा ७८ जना जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण गराउनुका साथै निशुल्क औषधि समेत बितरण गरिएको ठकुरीले बताउनुभयो । शिविरमा डा. दिनेश जंग रायमाझी, डा.केशव आचार्य, डा.रमेश थापा, डा.निकिता खनाल तथा बरिष्ठ आँखा बिशेषयज्ञ दिपेन्द्र भट्राई लगाएतका स्वास्थ्य कर्मीले स्वास्थ्य जाच गरेका थिए । शिबिरमा आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा जेष्ठ नागरिक खुसि भएका थिए । उक्त शिबिरमा रोट्रर्याक्ट क्लब भरतपुर, रोक्ट्रयाक्ट क्लब अफ भरतपुर हाईट, चितवन आँखा हस्पिटल, इन्क्ट्रयाक्ट क्लब अफ स्मल हेभन मोडल स्कुल, मनकामना हस्पिटल प्रा.लि , मुकुन्देश्वर महादेव शिव मन्दिर, इन्क्ट्रयाक्ट क्लव भानु भक्त स्कुल तथा भरतपुर सामुदायिक अस्पतालको समेत सहयोग रहेको थियो । कार्यक्रममा भरतपुर रोटरी क्लबका पूर्व अध्यक्ष मेजर डोनर प्रोफेसर डाक्टर आईपि ढकालले चिकित्सकहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । रोटरियन, रोट्रर्याक्ट, इन्क्ट्रयाक्ट गरि ३० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply