play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

ह्याकरले कृषि विकास बैंकबाट लुटे साढे १४ करोड, ३ जना पक्राउ

0


मंसिर २५ ।
सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ह्याकरहरुले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेको खुलेको छ । विदेशी ह्याकरहरुको समूहले नेपालस्थित विभिन्न ४० भन्दा धेरै व्यक्तिहरुलाई एजेन्टका रुपमा प्रयोग गरेर कृषि विकास बैंकबाट रकम लुटेका हुन् । लुटेराहरुले सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाटसप ईमोमार्फत् चिठ्ठा परेको बताएका थिए । त्यससँगै पार्सल आएको भनेर प्रलोभन देखाउँदै ठगी गरेको पनि खुलेको छ। प्रहरीले कृषि विकास बैंकमा भएको ह्याकबारे अनुसन्धानबाट खुले पनि अन्य बैंकबाट पनि रकम लुटिएको हुन सक्ने अनुमान गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार ह्याकरले कृषि विकास बैंकसँगै पानस रेमिटबाट पनि रकम लुटेका छन । रकम लुटपाटमा संलग्न ३ जनालाई महानगरीय प्रहरी परिसरले आज सार्वजनिक गरेको छ । सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको फुलपा गाउँपालिका २ स्थायी घर भएका रमेश खड्का, नवलपरासीको रामग्राम १७ घर भएका विशेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् । यो रकम लुटपाटका नाइकेमा नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिस रहेका छन् । यो लुटपाटको योजना नेपालमै बसेर बनाइएको खुलेको छ ।

Share.

Leave A Reply