play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

भरतपुर विमानस्थलका आजदेखि नियमित उडान

0


चितवन, मंसिर २५ ।
१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि नियमित भएको छ । धावनमार्ग र पार्किङ क्षेत्र मर्मत सम्हारका लागि मङ्सिर १५ गतेदेखि बन्द विमानस्थल आजदेखि नियमित भएको हो । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ पूर्ण मर्मतसम्हार र ओभरले गरिएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थल मर्मत गरिएको उहाँले बताउनुभयो । उहाँले बाँकी निर्माणका काम भ्रमण बर्ष सुरुहुनु अघिनै सम्पन्न गरिने जानकारी दिनुभयो । झण्डै २० वर्षपछि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको उहाँले बताउनुभयो । विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच गरिएको छ ।

धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि करिब १० करोडको ठेक्का सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ज्योती थापाले जानकारी दिनुभयो । उहाँले विमानस्थलको मुख्य काम सम्पन्न भएको भन्दै बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताउनुभयो । यस्तै विमानस्थल प्रवेशद्वार अगाडि ठूलो अक्षरमा भ्रमण बर्षको लोगो निर्माण गरिएको छ भने नौ वटा झण्डा फहराइएको छ । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् ।

Share.

Leave A Reply