play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

नारायणगढ–मुग्लिन सडक खण्ड दुई साता बन्द हुने

0


चितवन, मंसिर २५ ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुई साता बन्द हुने भएको छ । पर्सी शुक्रबार देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो रोकथामको कार्य गर्न लागेकोले सवारी साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले जानकारी दिए ।

Share.

Leave A Reply