play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

0


मंसिर २५ ।
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदुत निकोला पोल्लिटले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई गृहमन्त्री थापाले आग्रह पनि गरेका छन् । गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरा पाउने विश्वँस व्यक्त गरे ।

राजदुत निकोलाले नेपाल र बेलायतबीच एैतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताइन । भेटवार्तामा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिएकी छन् ।

Share.

Leave A Reply