play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको विजेता सौगात

0

चितवन, मंसिर २०–

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प – २ सौगात आचार्यले जितेका छन् । फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै आचार्यले उपाधि जितेका हुन् । अरोमा कलेजका आचार्यले यससंगै नगद ५० हजार रुपैयाँ जितेका छन् । प्रतियोगीतामा आशिष बन्जारा दोस्रो भए । एकता शिशु निकेतनका बन्जाराले ३० हजार नगद पाए । प्रतियोगीतामा आयुष्मा पोख्रेल तेस्रो भएकी छिन् । स्काइराईडरकी पोख्रेलले नगद २० हजार रुपैयाँ पाईन् ।
विजयीलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, एक्सपर्ट एजुकेशनका विजनेश डेभलपमेण्ट म्यानेजर विकास ज्ञवाली, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकको रुपमा रेशम लाल श्रेष्ठ, मनोज घिमिरे, प्रवेश किरण अधिकारी, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठ रहनुभएको थियो । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालि को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा निशान भट्टराई, स्वस्तिका ढकाललगायतले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको बोल्ने कलाको विकास हुनुको साथै आत्मविश्वास समेत बढ्दै जाने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारीले आगामि दिनमा पनि यस कार्यक्रमलाइ अघि बढाउन एक्सपर्टले सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Share.

Leave A Reply