play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित

0


मंसिर,२० ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । आज नेपालले जित निकाले पनि भोलि बंगलादेशसँगको खेल जित्नै पर्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो । माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए । नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २÷२ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

Share.

Leave A Reply