play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रवेश परीक्षा शुल्क वृद्धिको विरोधमा चितवनको कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

0


चितवन,मंसिर २० ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको कृषि संकायले प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । कृषि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ढाड सेक्ने गरी प्रवेश परीक्षा शुल्क बढाएको भन्दै फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् । कृषि संकायले आइतबार सूचना प्रकाशन गरी प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको छ । शुल्क वृद्धिको विरोधमा अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले आज बिहानैदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय शितलचोकमा नारावाजी गरे । उनीहरुले वृद्धि भएको शुल्क तुरुन्त फिर्ता लिन चेतावनी दिए । अनेरास्ववियूका अध्यक्ष सन्तोष खतिवडाले विद्यार्थीसँग अधिक पैसा उठाएर अपारदर्शी ढंगबाट खाने योजना अनुसार शुल्क बढाइएको आरोप लगाए । आन्दोलनरत विद्यार्थीहरुले कृषि संकायमा डिनको कार्यालयमा तालावन्दी गरेका छन् । आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

Share.

Leave A Reply