play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं सागमा २९ स्वर्णसहित नेपाल अग्रस्थानमा

0


मंसिर,१८ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २९ स्वर्ण जितिसकेको छ । आज भएका ५ स्पर्धामा ६ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २९ र्पुयाएको हो । तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । आज ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।तेक्वान्दोकी महिला ६२ केजी तौल समूहमा नेपालकी संगीता बस्याल स्वर्ण दिलाएकी हुन् । साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ । आज भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यस्तै, करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक दिलाएकी छन् । उनले पाकिस्तानी खेलाडीलाई ६÷३ को सेटमा हराउँदै स्वर्ण हात पारेकी हुन् । त्यस्तै आजै भएको उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । त्यस्तै नेपालले १४ रजत पदक जितेको छ भने कास्य पदकको संख्या १९ छ । यसअघि हिजो सम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको थियो

Share.

Leave A Reply