play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतको छत्तिसगढमा क्याम्पभित्रै गोली चल्दा ६ प्रहरी जवानको मृत्यु

0


मंसिर,१८ ।
भारतको छत्तिसगढमा प्रहरी बलको एउटा क्याम्पभित्रै गोली चल्दा ६ जना जवान मारिएका छन । माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत तिब्बत सीमा प्रहरी बलको क्याम्पभित्र एक जवानले अन्धाधुन्ध गोली हानी पाँचजनाको हत्या गरेपछि आफैँलाई गोली हानेको बिबिसीले जनाएको छ । नारायणपुर जिल्लका एसपी मोहित गर्गले यसको पुष्टि गरेको समाचारमा उल्लेख छ । जिल्लाको कँडेनार क्षेत्रमा रहेको क्याम्पमा स्थानीय समयअनुसार आज बिहान ८ बजे जवानहरूबीच गोली चलेको थियो । गोली लागी अन्य दुई जवान गम्भीर घाइते भएका छन् । उनले चलाएको गोली लागेर पाँचजना जवानको घटनास्थलमै मृत्यु भएको थियो । त्यसलगत्तै मसुदले आफैँमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

Share.

Leave A Reply