play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नारायणी नदी किनारमा गैंडा मृत फेला

0

चितवन, मंसिर, १८ ।
भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान साँढे ९ बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ । बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेले बताए । यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैँडा कालगतिले मरेका छन्

Share.

Leave A Reply