play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

गढीमाई मेलाबाट फर्कंदै गरेको भ्यान दुर्घटना, २ को मृत्यु

0

मंसिर १८ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर आज बिहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।

The imaginary basketball arena is modelled and rendered.
Share.

Leave A Reply