play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३ औं सागमा २७ स्वर्णसहित नेपाल अग्रस्थानमा

0


मंसिर,१८ ।
काठमाडौं–जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २७ स्वर्ण जितिसकेको छ । आज भएका ३ स्पर्धामा ४ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २७ र्पुयाएको हो । साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ । आज भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् । यस्तै, करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक दिलाएकी छन् । उनले पाकिस्तानी खेलाडीलाई ६÷३ को सेटमा हराउँदै स्वर्ण हात पारेकी हुन् । त्यस्तै आजै भएको उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । त्यस्तै नेपालले १३ कास्य पदक जितेको छ भने रजत पदकको संख्या ९ छ । यसअघि हिजो सम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको थियो ।

Share.

Leave A Reply