play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

पुनः विजयी यात्रामा म्यानचेस्टर सिटी

0

मंसिर,१८।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बर्नलीलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः दोस्रो स्थानमा फर्किएको छ । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेर एक गोल खाएको हो ।

उसका लागि गाब्रिएल जिससले २४ र ५० औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ६८ औँ मिनेटमा रोड्री तथा ८७ औँ मिनेटमा रियाद महरेजले गोल गरे । बर्नलीका लागि ब्राडीले ८९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलेको लेस्टर सिटी तेस्रो स्थानमा झरेको छ र उसको पनि ३२ अंक नै छ ।गए राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई १–० ले पराजित गरेको क्रिष्टल प्यालेस १५ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

Share.

Leave A Reply