play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

रामपुरमा कृषिको प्रवेश परिक्षा शुल्क ५ हजार, शुल्क वृद्धिको विरोधमा विद्यार्थी आन्दोलित

0

मंसिर,१८।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन अन्तर्गतको कृषि संकायले प्रवेश परिक्षा शुल्क पाँच हजार तोकेको छ । आइतबार सूचना प्रकाशन गरेर प्रवेश परिक्षा शुल्क पाँच हजार तोकिएपछि चौतर्फी विरोध भएको छ । शुल्क वृद्धिको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । शुल्क वृद्धिको विरोधमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले हिजो विश्वविद्यालयको कृषि संकायको प्रशासनिक काम ठप्प पारेका छन् । आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष सन्तोष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विद्यार्थी संघ संगठनहरूले हिजो शुल्क वृद्धि फिर्ताको माग गर्दै २४ घण्टे अल्टिमेटमसहितको संयुक्त विज्ञप्ती बुझाएका थिए । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष खतिवडाले बताए । विद्यार्थीले प्रवेश परीक्षा नै ५ हजार राखेर गरिव, जेहेन्दार विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप लगाएका छन् । विश्वविद्यालयमा कार्यालय सहायकको आवेदन शुल्क ८ सय, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १ हजार तथा सहप्राध्यापकको आवेदन शुल्क १७ सय ५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीको आवेदन शुल्क ५ हजार तोकेर विद्यार्थीमाथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीको भनाई छ ।

Share.

Leave A Reply