play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

अपांग जागरण अभियानलाई महालक्ष्मी विकास बैंकको औद्योगिक सिलाई मेसिन सहयोग

0


चितवन,मंसिर १७ ।
२८ औं अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा महालक्ष्मी विकास बैंक हाकिमचोक शाखाले अपांग जागरण अभियान चितवनलाई औद्योगिक सिलाई मेसिन सहयोग गरेको छ । अपांग दिवसको अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा अपांग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठलाई महालक्ष्मी विकास बैंक हाकिमचोक शाखाका शाखा प्रवन्धक अजय सापकोटाले उक्त मेशिन हस्तान्तरण गर्नुभयो । संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत, अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त सहायेग प्रदान गरिएको सापकोटाले बताउनुभयो । उक्त सिलाई मेसिन पुर्ण रुपमा विद्युतिय भएको हुनाले चलाउन सहज र कम समयमा बडि उत्पादन दिने खालको भएकोले अपांगता भएका व्यक्ति हरुको जिवनस्तर उकास्न सहयोगी हुने विश्वास अध्यक्ष श्रेष्ठ व्यक्त गर्नुभयो । अभियानले उक्त मेशिन अपांगता भएका व्यक्ति तथा उनिहरुको परिवारलाई निशुल्क तालिम प्रदान गर्न प्रयोग गर्नेछ ।

Share.

Leave A Reply