play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बागलुङको बडिगाडमा भएको जिप दुर्घटनामा १० जनाको सनाखत

0


मङ्सिर,१७ ।
बागलुङको बडिगाडमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भुमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका १ बस्ने भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका७ नरमाया खत्री रहेका छन् । मृत्यु हुने अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । मृत्यु भएकाहरुको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ का हिमाल कार्की र निमा केसी रहेका छन । उनीहरुको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका ४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख भट्टले जानकारी दिए । गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप बडिगाड गाउँपालिकामा दुर्घटना भएको थियो ।

Share.

Leave A Reply