सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

0


मंसिर, १६ ।
सुन बजारमा सुनको मूल्य घटबढ हुनेक्रम जारी छ। साताको दोस्रो दिन आज सुनको मूल्य घटेकोे छ। हिजो ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य तोलामा आज दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको मूल्य ७१ तीन सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share.

Leave A Reply